P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Logo
adverse
होम
    • राष्ट्रिय
    • बिश्व समाचार
      • प्रवास
    • राजनीति
    • मनोरन्जन
      • खेल कुद
    • विशेष
      • चितवन विशेष
    • प्रमुख खबर
    • रोचक
      • साहित्य
      • सूचना
    • अन्य
      • स्वास्थ
      • अर्थ वाणिज्य
      • अन्तर्वार्ता
      • मध्ये नेपाल

पूर्वगोर्खालाई ‘एमबीई’ पदक

लन्डन — लामो समयदेखि परोपकारी कार्यमा क्रियाशील पूर्वब्रिटिस गोर्खा दिलीप गुरुङले बेलायती महारानीबाट दिइने प्रतिष्ठित पदक ‘एमबीई’ ग्रहण गरेका छन् ।

गुरुङलाई सन् २०२० को अक्टोबरमा ‘मेम्बर अफ द मोस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीई) पदक दिने घोषणा गरिएको थियो । बकिङहम दरबारमा शुक्रबार आयोजित एक समारोहमा बेलायती महारानी एलिजावेथ द्वितियाकी सुपुत्री राजकुमारी एनीले पदक प्रदान गरेकी हुन् ।

परोपकारी कार्यमा विशिष्ट योगदान गरेबापत दिइने एमबीई पदक थोरै नेपालीले मात्र पाएका छन् । नेपाल र बेलायतका लागि अतुलनीय र उदाहरणीय सामाजिक योगदान गरेबापत पदक पाएपछि आफूलाई परोपकारी कार्यमा लाग्न अझ प्रेरण मिलेको गुरुङले बताए ।

ब्रिटिस सेनामा दुई दशक बिताएका गुरुङले १६ वर्षदेखि बेलायतको ब्ल्याकपुलमा ‘द गोर्खा’ नामक होटल, रेस्टुरेन्ट तथा पब सञ्चालन गर्दै आएका छन् । उनले बेलायत तथा नेपालमा कैयौं उदाहरणीय परोपकारी कार्य गरेका छन् । २६ रोपनी जग्गा किनेर सन् २०१३ मा पोखरामा सहारा एकेडेमी निर्माण गर्दा उनी आर्थिक संयोजक थिए ।

एकेडेमीमा अहिले २४ जना विपन्न बालबालिकालाई गाँस, बास, स्वास्थ्य, खेलजस्ता सुविधा प्रदान भइरहेको छ । महाभूकम्पका बेला सिन्धुपाल्चोकको हाइबुङ मावि र गोरखाको गणेश प्राविमा करिब ६० लाख रुपैयाँ खर्च गरी पुनर्निर्माण गर्न पनि उनको प्रमुख भूमिका थियो ।

प्रतिकृया दिनुहोस

Recent Posts

  • नाटकको कथा खोज्दै सप्तकोसी छेउछाउ
  • भूतपूर्व ब्रिटिस गोर्खालाई प्रतिष्ठित ‘एमबीइ’ पदक
  • महिलालाई पर्दामा कमजोर देखाइएको मनपर्दैन : प्रियंका चोपडा
  • ला लिगा : एलाभेसलाई हराएर बार्सिलोना पाँचौँ स्थानमा
  • पूर्वगोर्खालाई ‘एमबीई’ पदक

Archives

  • January 2022

लोकप्रिय

ताजा अपडेट

  • नाटकको कथा खोज्दै सप्तकोसी छेउछाउ
  • भूतपूर्व ब्रिटिस गोर्खालाई प्रतिष्ठित ‘एमबीइ’ पदक
  • महिलालाई पर्दामा कमजोर देखाइएको मनपर्दैन : प्रियंका चोपडा
  • ला लिगा : एलाभेसलाई हराएर बार्सिलोना पाँचौँ स्थानमा
  • पूर्वगोर्खालाई ‘एमबीई’ पदक
कायाकैरन दैनिक khabarchitwan.com

Recent Comments

  • A WordPress Commenter on Hello world!

Recent Posts

  • नाटकको कथा खोज्दै सप्तकोसी छेउछाउ January 24, 2022
  • भूतपूर्व ब्रिटिस गोर्खालाई प्रतिष्ठित ‘एमबीइ’ पदक January 24, 2022
  • महिलालाई पर्दामा कमजोर देखाइएको मनपर्दैन : प्रियंका चोपडा January 24, 2022
© 2022 E-Brightnepal | All rights reserved
Website By : ShrishmaGhale