ला लिगा : एलाभेसलाई हराएर बार्सिलोना पाँचौँ स्थानमा
फ्रेन्क डे जोङले खेलको अन्त्यतिर गरेको गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा एलोभसलाई आइतबार १–० ले हराएर अंक तालिकाको पाँचौँ स्थानमा उक्लेको छ । खेल सकिन तीन मिनेट मात्र बाँकी रहेको स्थितिमा डच खेलाडीले फेरान टोरेसको क्रसलाई गोलमा परिणत गरेका हुन् ।
प्रतिकृया दिनुहोस