P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Logo
adverse
होम
    • राष्ट्रिय
    • बिश्व समाचार
      • प्रवास
    • राजनीति
    • मनोरन्जन
      • खेल कुद
    • विशेष
      • चितवन विशेष
    • प्रमुख खबर
    • रोचक
      • साहित्य
      • सूचना
    • अन्य
      • स्वास्थ
      • अर्थ वाणिज्य
      • अन्तर्वार्ता
      • मध्ये नेपाल

भूतपूर्व ब्रिटिस गोर्खालाई प्रतिष्ठित ‘एमबीइ’ पदक

लन्डन — एकजना भूतपूर्व ब्रिटिस गोर्खा दिलीप गुरुङले बेलायती महारानीबाट दिइने प्रतिष्ठित पदक ‘एमबीइ’ ग्रहण गरेका छन् । परोपकारी कार्यमा क्रियाशील सहारा यूकेका पूर्वअध्यक्ष गुरुङलाई ‘मेम्बर अफ द मोस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीइ) पदक प्रदान गरिएको हो ।

गत अक्टोबर २०२० मा घोषणा गरिएको उक्त पदक बेलायती महारानी एलिजावेथ द्वितियाकी सुपुत्री राजकुमारी एनी (केजी, केटी, जिसिभिओ, क्यूएसओ, सिडी) को बाहुलीबाट बकिङहम प्यालेसमा आयोजित एक समारोहबीच प्रदान गरिएको गुरुङले जनाए ।

परोपकारी कार्यमा विशिष्ट योगदान गरेबापत दिइने उक्त पदक थोरै नेपालीले पाएका छन् । नेपाल र बेलायतका लागि अतुलनीय र उदाहरणीय सामाजिक योगदान गरेबापत सो पदक पाएपछि आफूलाई परोपकारी कार्यमा लाग्न अझ प्रेरित गरेको उनले बताए ।

‘परोपकारी संस्थाहरूमा आवद्द रही मलाई साथ सहयोग र पदकका लागि उच्च मूल्यांकनसहित सिफारिस गरिदिएकोमा आदरणीय मित्रहरू डेरेक कलिन, नाइजल हिस्सी, केन, लेन कस्टीस, अलान र पूर्व मेयर अफ ब्ल्याकपुल भाल हेन्स लगायत उच्चतहका व्यक्तित्व तथा सामाजिक अभियन्ताहरूप्रति म निकै आभारी छु’ उनले भने, ‘आज म एक मात्र नेपाली नेपाल देशलाई चिनाउँदै पदकबाट विभूषित हुन पाउँदा अत्यन्त हर्षित र गौरवान्वित छु ।’

२० वर्ष बेलायती सेनामा सेवा गरेर विगत १६ वर्षदेखि बेलायतको ब्ल्याकपुलमा ‘द गोर्खा’ नामक होटल, रेस्टुरेन्ट तथा पब सञ्चालन गर्दै आएका गुरुङ आफूलाई मानिसहरूले ‘किङ अफ दि च्यारिटी वर्कर’ भन्दा गर्व लागेको बताए ।

प्रतिकृया दिनुहोस

Recent Posts

  • नाटकको कथा खोज्दै सप्तकोसी छेउछाउ
  • भूतपूर्व ब्रिटिस गोर्खालाई प्रतिष्ठित ‘एमबीइ’ पदक
  • महिलालाई पर्दामा कमजोर देखाइएको मनपर्दैन : प्रियंका चोपडा
  • ला लिगा : एलाभेसलाई हराएर बार्सिलोना पाँचौँ स्थानमा
  • पूर्वगोर्खालाई ‘एमबीई’ पदक

Archives

  • January 2022

लोकप्रिय

ताजा अपडेट

  • नाटकको कथा खोज्दै सप्तकोसी छेउछाउ
  • भूतपूर्व ब्रिटिस गोर्खालाई प्रतिष्ठित ‘एमबीइ’ पदक
  • महिलालाई पर्दामा कमजोर देखाइएको मनपर्दैन : प्रियंका चोपडा
  • ला लिगा : एलाभेसलाई हराएर बार्सिलोना पाँचौँ स्थानमा
  • पूर्वगोर्खालाई ‘एमबीई’ पदक
कायाकैरन दैनिक khabarchitwan.com

Recent Comments

  • A WordPress Commenter on Hello world!

Recent Posts

  • नाटकको कथा खोज्दै सप्तकोसी छेउछाउ January 24, 2022
  • भूतपूर्व ब्रिटिस गोर्खालाई प्रतिष्ठित ‘एमबीइ’ पदक January 24, 2022
  • महिलालाई पर्दामा कमजोर देखाइएको मनपर्दैन : प्रियंका चोपडा January 24, 2022
© 2022 E-Brightnepal | All rights reserved
Website By : ShrishmaGhale